वर्षा पछिको काठमाडौं (फोटो फिचर)

डिसी नेपाल
७ चैत २०७९ ९:५१
288
Shares

काठमाडाैं। केही दिनयता राजधानी काठमाडाैंमा वर्षा भइरहेकाे छ। मंगलवार बिहान पनि काठमाडौंमा हल्का वर्षा भएको छ। वर्षासँगै काठमाडौंमा जाडो बढेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *