टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछानेको निधन

डिसी नेपाल
८ चैत २०७९ १६:४५
12.9k
Shares

अमेरिका। टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

उनको मृत्युको खबरलगत्तै स्थानीय नेपाली समुदाय उनको घरमा पुगेको थियो। मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ।

टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए। पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा उनी पराजित भएका थिए। उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सक्रिय थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *