५० हजार घुससहित वडाअध्यक्ष र सचिव पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस–रिसवत लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार, अध्यक्ष र वडा सचिवले ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई उक्त रकमसहित जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी अस्पताल नजिकबाट केही बेरअघि नियन्त्रण लिइएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment