घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका सुब्बाविरुद्ध मुद्दा दर्ता

डिसी नेपाल
८ चैत २०७९ २२:१८
52
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सूचारु गर्नका लागि सेवाग्राहीसँग तीस हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा छानिबन हुँदा उनले उक्त रकम लिएको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर आयोगले छानबिन गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *