दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा निर्वाचित
फाइल फाेटाे।
अत्तरिया। कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ उम्मेदवार भुवन महरा सभापतिमा निर्वाचित भएका छन्। उनी नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौका साझा उम्मेदवार रहेका थिए।
कुल ८ सय ७४ मत खसेकोमा महराले ३७४ मत पाएका थिए। स्वतन्त्र र अनेरास्ववियु (क्रान्तिकारी) सयुक्त प्यानलबाट उम्मेदवारी दिएका पुष्करराज जोशीले १७७ मत प्राप्त गरेका थिए।
यस्तै स्वतन्त्र उम्मेदवार लोकराज ओझाले १६४, अनेरास्ववियुका उम्मेदवार पुष्पराज सुवेदीले १०५ र स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिएका सरोज ठगुन्नाले २१ मत प्राप्त गरेका थिए।
निर्वाचनबाट सचिवमा महरा प्यानलबाटै ३९९ मत ल्याएर बम बहादुर बिक र कोषाध्यक्षमा सर्वाधिक ४०८ मत ल्याएर ज्योती शाहु निर्वाचित भए।
त्यस्तै सदस्यमा महरा प्यानलकै भागरथी विष्ट, लाल बहादुर खत्री, सुनिल बोहरा, जित बहादुर महरा, दिपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक र दिनेश खड्का निर्वाचित भए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment