युगाण्डाको संसदबाट समलिङ्गीहरूलाई जेल हाल्ने विधेयक पारित

डिसी नेपाल
९ चैत २०७९ ११:००
68
Shares

काठमाडौं । युगान्डाको संसदले समलिङ्गी वा यौन अल्पसंख्यकको रूपमा आफ्नो पहिचान बताउने व्यक्तिहरूलाई अपराधी मानिने विधेयक पारित गरेको छ।

उक्त विधेयकमा हस्ताक्षर गरेर राष्ट्रपतिले कानुनको रूप दिएमा दोषी ठहर भएकाले वर्षौं जेल सजाय भोग्नुपर्ने हुन्छ ।

प्रस्तावित कानूनमा समलिङ्गी सम्बन्धमा बस्ने व्यक्तिको समुदायका साथीभाइ, परिवार र अन्य सदस्यको यसबारेमा उजुरी गर्ने दायित्व रहेको भनिएको छ ।

यो पूर्वी अफ्रिकी देशमा समलिङ्गी गतिविधि पहिले नै गैरकानूनी छ।

तर नयाँ विधेयकले लैङ्गिक पहिचानको आधारमा व्यक्तिलाई अपराधीकरण गर्ने कुरा गरेको छ।

यो विधेयक यस महिनाको सुरुमा पहिलो पटक पेश गरिएको थियो र मंगलबार संसदमा भारी मतले पारित भएको थियो।

अब यो बिल युगान्डाका राष्ट्रपति मुसेभेनीलाई पठाइनेछ, जसले यसलाई भिटो वा हस्ताक्षर गर्न सक्नेछन्।

अफ्रिकी ३० देशमा समलिङ्गी सम्बन्ध प्रतिबन्धित छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *