सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

डिसी नेपाल
१८ कार्तिक २०८३ ११:५९

काठमाडौं। नेपाली बजारमा बुधबार (कात्तिक १८ गते) सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। मूल्य वृद्धिसँगै बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार तोलामा ७०० रुपैयाँ बढेर सुनको मूल्य २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै सोमबार तोलामा २ हजार ३०० रुपैयाँको वृद्धि भई सुनको भाउ २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो भने आइतबार भने भारी गिरावट आउँदै तोलामा ८ हजार ३०० रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो।

यता, चाँदीको मूल्यमा भने बुधबार मन्दी देखिएको छ। महासंघका अनुसार बुधबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घट्दै ३ हजार ६७५ रुपैयाँमा झरेको थियो। सोमबार भने तोलामा ७० रुपैयाँ बढेर ३ हजार ७२० रुपैयाँ पुगेको चाँदी आइतबार तोलामा १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *