पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितासहित ‘पल्सर आरपीएम’ सफलतापूर्वक सम्पन्न
काठमाडौँ। बजाज पल्सरको युवाकेन्द्रित चर्चित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक र भारी सहभागिताका साथ भव्य रूपमा सम्पन्न भएको छ।
कात्तिक १४ गते (अक्टोबर ३१) का दिन पोखरा रङ्गशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित यस कार्यक्रममा रोमाञ्चक मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी आर्ट लगायत विभिन्न आकर्षक मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएका थिए।
प्रारम्भिक रूपमा मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही सामान्य चुनौतीहरू देखिए पनि पोखरेली दर्शकहरूको उल्लेखनीय उपस्थिति र जोसले यो कार्यक्रमप्रति गहिरो आकर्षण रहेको कुरा प्रष्ट पारेको छ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको ‘पल्सर एन१६०’ बाइक मार्फत प्रस्तुत गरिएका रोमाञ्चक तथा साहसिक मोटरसाइकल स्टन्टहरूले उपस्थित सम्पूर्ण दर्शकहरूको मन खिचेको थियो।
यसैगरी, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा सञ्चालन गरिएको क्यालिस्थेनिक्स प्रतियोगितामा प्रतिभावान खेलाडीहरूले आफ्नो अद्भूत शारीरिक क्षमता, सन्तुलन र कडा कौशल प्रदर्शन गरेका थिए भने केही अवार्ड विजेता खेलाडीहरूको उपस्थिति र सहभागिताले प्रतियोगितालाई अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाएको थियो।
यस भव्य कार्यक्रममा स्थानीय स्तरका बीएमएक्स राइडरहरू, स्केटबोर्डरहरू, ब्रेकिङ कलाकारहरू, ग्राफिटी आर्टिस्टहरू तथा आर्म रेस्लिङका प्रतियोगीहरूले समेत आ-आफ्नो अद्वितीय प्रतिभा खुलेर प्रदर्शन गरेका थिए।
प्रख्यात डिजे जेन्टल–जीको जोसिलो सङ्गीतमय प्रस्तुतिले दर्शकहरूलाई झुमाएको थियो भने विभिन्न सहभागितामूलक गतिविधिहरूका साथै खानपानका लागि राखिएका फुड तथा कफी स्टलहरूले कार्यक्रमलाई थप जीवन्त र रमाइलो बनाएका थिए।
कार्यक्रमको स्थलमै बजाजका लोकप्रिय मोडलहरू ‘पल्सर एन१६०’ र ‘एनएस२००’ को विशेष प्रदर्शनी गरिनुका साथै उपस्थित युवा तथा पारखीहरूका लागि टेस्ट राइड (Test ride) को समेत उत्कृष्ट व्यवस्था मिलाइएको थियो, जसले सहभागीहरूलाई यी दुवै मोटरसाइकलको पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने सुवर्ण अवसर जुराएको थियो।
यसअघि काठमाडौँ र बुटवलमा अत्यन्तै सफलताका साथ सम्पन्न भइसकेको पल्सर आरपीएमको यो पोखरा संस्करणले स्थानीय प्रतिभा र उत्साही युवा समुदायलाई एउटै बृहत् मञ्चमा गोलबन्द गर्दै नेपालमा ‘स्ट्रिट कल्चर’ तथा ‘एक्सन स्पोर्ट्स’ को विकास र प्रवर्द्धनमा थप इँटा थपेको छ।
यस अवसरमा आफ्नो धारणा राख्दै पल्सर आरपीएमका चर्चित स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकहरूले प्रदान गर्नुभएको अपार माया, हौसला र न्यानो साथप्रति आभार प्रकट गर्दै भने, “पोखरा, तपाईंहरूले दिएको माया र साथका लागि धेरै धन्यवाद। तपाईंहरूको उत्साह र समर्थनले हरेक प्रस्तुतिलाई अझ विशेष बनाएको छ। यो केवल एउटा शो नभई सपना देख्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने र एकअर्कालाई साथ दिने सबैको साझा उत्सव हो।”
बजाज पल्सरले पोखरामा आयोजित यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्याउने सम्पूर्ण स्थानीय कलाकारहरू, खेलकुद खेलाडीहरू, विभिन्न साझेदार संस्थाहरू, सञ्चारकर्मीहरू, समर्पित आयोजक टोली तथा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment