मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

डिसी नेपाल
१० चैत २०७९ २०:१७
200
Shares

भक्तपुर । प्रहरीले मोबाइल चोरी गर्ने र सोही चोरीको मोबाइल खरिद गर्नेलाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोबाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने वर्ष २२ को जिनलाप घिसिङ तथा चोरीको मोबाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु नै बस्ने वर्ष ३० को रामशरण अछामीलाई पक्राउ गरेको हो ।

यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमलविनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोवाइल पसलबाट मोबाइल चोरी भएको उजुरी परेको थियो ।

प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोबाइल चोरी भएकोमा चोरी भएका मोबाईलहरु मध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोबाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।

साथै, फागुन १४ गते काठमाडौं बुढानिलकण्ठमा रामकुमार दंगालले सञ्चालन गरेको चाहना मोबाइल मार्ट तथा फागुन १६ गते जोरपाटीको अशोक सापकोटाले सञ्चालन गरेको सापकोटा मोबाइल सेन्टरमा समेत निज जिनलाप घिसिङले चोरी गरेको अनुसन्धानको क्रममा खुल्न आएको भक्तपुर प्रहरी परिसका सूचना अधिकृत बसन्त पाठकले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *