राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

डिसी नेपाल
१० चैत २०७९ २२:१९
24
Shares

लण्डन । अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ ।

शाही अधिकारीहरूले चार्ल्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतिक्षामा रहेको’ बताएका छन् ।

बेलायतका राजा चार्ल्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको यसअघि बिहीबार बेलायत सरकारले जनाएको थियो । त्यस्तै, फ्रान्सका कुटनीतिक अधिकारीहरूले म्याक्राँेंविरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुुपर्ने बताएका थिए ।

राजा चार्ल्स र उनकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम तय भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *