‘पुटिन पक्राउ परे रुसले जुनसुकै देशमा बम बर्साउन सक्छ

डिसी नेपाल
११ चैत २०७९ १५:०८
1.2k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पुटिनका सहयोगी तथा पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले कडा चेतावनी दिएका छन् । उनले पुटिनलाई पक्राउ गर्ने कुनै पनि प्रयासलाई रुसविरुद्ध युद्धको घोषणा मानिने बताए । रुसले जुनसुकै देशमा बम विष्फोट गर्न सक्ने उनले बताएका छन् ।

रोयटर्सका अनुसार पूर्व रुसी राष्ट्रपति दिमित्री मेदवेदेवले रुसी सञ्चारमाध्यमलाई भने कि आईसीसी गैरकानुनी संस्था हो, रुस, अमेरिका र चीन जस्ता देशले यसलाई मान्यता दिँदैनन् । किनभने यो संस्थाले त्यस्तो कुनै काम गरेको छैन । पुटिनको सुरक्षा परिषद्का उपाध्यक्ष मेदभेदेवले पुटिनलाई हिरासतमा राख्ने कुनै पनि प्रयास युद्धको घोषणा हुने बताएका छन्।

मेदभेदेवले भने कि यदि गिरफ्तारीको कुनै कदम चालिएको छ भने यो रूसी संघ विरुद्ध युद्धको घोषणा हुनेछ। उनले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, यस्तो अवस्थामा हाम्रा सबै मिसाइल चुप लागेर बस्दैनन् । मेदभेदेवले पश्चिमसँगको हाम्रो सम्बन्ध सायद अहिलेसम्मकै खराब चरणमा रहेको बताए ।

साथै, रुसबाट आईसीसीको गिरफ्तारी वारेन्ट अपमानजनक पक्षपाती निर्णय भएको भनिएको छ । रूसको सम्बन्धमा यो पूर्णतया अर्थहीन छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनमाथि युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको छ । उनले युक्रेनी बालबालिकालाई जबरजस्ती अवैध रुपमा रुस ल्याएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *