स्कूलमा मूर्ति देखाउँदा पोर्नोग्राफीको आरोप, प्रधानाध्यापकले दिए राजीनामा
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयका प्रिन्सिपलले माइकल एन्जेलोको मूर्ति विद्यार्थीलाई देखाएको भन्दै राजीनामा दिन बाध्य भएका छन् ।
बीबीसी समाचारका अनुसार विद्यालयमा पुनर्जागरण कालसँग सम्बन्धित पाठका क्रममा विद्यार्थीहरूलाई माइकल एन्जेलोले बनाएको डेभिडको मूर्ति देखाइएको थियो ।
यसपछि कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीका अभिभावकले आफ्नो बच्चालाई पोर्नोग्राफी देखाएको गुनासो गरेका थिए ।
बालबालिकालाई देखाइएका कुरा पोर्नोग्राफीसँग सम्बन्धित भएको गुनासो एक बालकका अभिभावकको थियो ।
सोही क्रममा अन्य दुई बालबालिकाका अभिभावकले कुन कक्षामा बालबालिकालाई यो पढाइ भएको जान्न चाहेका थिए ।
माइकल एन्जेलोले बनाएको डेभिडको यो मूर्ति निकै चर्चित छ ।
१७ फिट अग्लो यो मूर्ति नग्न डेभिडको हो । यो बाइबलको एउटा पात्र हो जसले विशाल गोलियाथलाई मार्छ।
विद्यालयका दशदेखि एघार वर्षका बालबालिकालाई यो जानकारी दिइएको हो ।
बालबालिकाका अभिभावकले गुनासो गरेपछि तल्लाहसी क्लासिकल स्कुलका प्रिन्सिपल होप कार्सक्विलाले यो कुरापछि विद्यालय बोर्डले राजीनामा दिन नत्र पदबाट हटाउन आग्रह गरेको बताए ।
त्यसपछि प्रधानाध्यापकले राजीनामा दिए ।







डिसी नेपाल







Facebook Comment