प्रधानमन्त्रीविरुद्ध रंगकर्मीहरूकाे रिट
काठमाडौँ। नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन्। नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेका हुन्।
पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँंतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारि कुलपतिलगायतका नियुक्तहरु र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरित भएको दावी गरे।
यसैविरुद्ध आफूहरु न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको जनाए। अदालतले दिने निर्णय आफूहरुले सहर्ष स्वीकार गर्नेसमेत उनीहरुले बताए। उनीहरुले प्रजातान्त्रिक व्यवस्थामा दलहरु नै प्रमुख हुने र दलले नै भागबन्डा गरे पनि त्यो स्वीकार्य भएको तर सक्षम व्यक्तिलाई पदमा राख्नुपर्ने भनाई राखे।
साथै उनीहरुले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गरे। उनीहरुले भने, नियुक्त भएका व्यक्तिहरुको योग्यताबारे जनतालाई बुझाउन हामी सरकारलाई उनीहरुको बायोडाटा सार्वजनिक गर्न चुनौती दिन्छौं।
No ads found for this position

डिसी नेपाल
Facebook Comment