विश्वभर मनाइयो ‘अर्थ आवर डे’, एक घण्टा बत्ती निभाइयो

डिसी नेपाल
१२ चैत २०७९ १०:४४
32
Shares

काठमाडौं । हरेक वर्ष झै यसपटक पनि शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । वर्ल्ड वाइड फण्ड फर नेचरले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाउने गर्छ ।

त्यसैले शनिबार साँझ मानिसले एक घण्टा बत्ती निभाए । प्रत्येक वर्ष ‘अर्थ आवर’ मा, संसारभरका करोडौं मानिसहरू स्वेच्छाले एक घण्टाको लागि बत्ती निभाउँछन्। यसको उद्देश्य मानिसहरूलाई ऊर्जा बचत गर्न र जलवायु परिवर्तनको सङ्कटप्रति मानिसहरूको ध्यानाकर्षण गराउनु हो।

अष्ट्रेलियाको सिड्नी सहरमा ३१ मार्च २००७ मा पहिलो पटक ‘अर्थ आवर डे’ मनाइयो। यसपछि मार्च महिनाको अन्तिम शनिबार विश्वभर ‘अर्थ आवर डे’ मनाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *