चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी
वासिङ्टन। गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। उद्धारकर्मीले एक जनालाई जिवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।
राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पु¥याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन्। आधुनिक उपकरण र तालिम प्राप्त कुकुरको सहयोगमा खोजी जारी रहेको उवाल्दे प्रहरी महाशाखाले बताएको छ।
कम्पनीले शनिबार राति एक विज्ञप्ति निकालेर घटनाबाट सबै कर्मचारी स्तब्ध भएका तथा पीडित कर्मचारीका परिवारको सहयोगमा उनीहरू केन्द्रित रहेका जनाउँदै तत्काल उद्धार र खोजमा असाधारण सक्रियता देखाएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीले आफ्ना नजिकका साथी र सहकर्मी गुमाएकामा दुःख व्यक्त गर्दै ७० वर्षभन्दा लामो समयदेखि बरोमा व्यवसाय गर्दा यस्तो अप्रिय घटना कहिल्यै नभएको बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment