पाकिस्तानको पञ्जाबमा सित्तैमा बाँडिएको पिठो लिने क्रममा चार वृद्धको मृत्यु
काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिन खोज्दा कम्तीमा चार वृद्धको मृत्यु भएको छ भने धेरै बेहोस भएका छन्।
समाचार एजेन्सी पीटीआईले पञ्जाब सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। उनले मुल्तान, मुजफ्फरगढ र फैसलाबाद सहरमा यस्ता घटना भएको बताए ।
सित्तैमा पिठो लिन मानिसको बाक्लो भीडभाड हुने र वितरणका लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो भएको अधिकारीले बताए ।
‘मृतकमध्ये दुईजनाको भागदौडका कारण र दुई जनाको घन्टौं लाइनमा बसेर मृत्यु भएको हो,’ उनले भने । उता, त्यहाँ जम्मा भएका मानिसहरूलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।
समाचार अनुसार पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्याधिक महंगीबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ ।







डिसी नेपाल







Facebook Comment