ट्याक्सीमाण्डु प्रयोगकर्ताले भाइबरको नयाँ च्याटबट मार्फत् राइड बुक गर्न सक्ने

डिसी नेपाल
१२ चैत २०७९ १८:५७
208
Shares

काठमाडौं। भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत ट्याक्सीमाण्डु प्रयोगकर्ताले राइड बुक गर्न सक्ने भएका छन्।

राकुटेन भाइबर र ट्याक्सीमाण्डुबीच बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताले सिधै ट्याक्सी बुक गर्न सक्ने छन्।

ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन केसीले भाइबरसँग भएको सम्झैताले प्रयोगकर्ताका लागि ट्याक्सी बुकिङ अझ सहज बनेको बताए।

नेपाली नयाँ वर्षसँगै सुरक्षित र भरपर्दो ट्याक्सी सेवाहरूमा सबैलाई सजिलो पहुँचको सुनिश्चित गर्न चाहेको उनले बताए। प्रयोगकर्ताले ट्याक्सी सवारीका लागि अब धेरै थरि एप डाउनलोड गर्न आवश्यक नपर्ने उनले बताए।

उनका अनुसार प्रयोगकर्ताले छोटो र लामो रुटहरूको लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूको लागि अग्रिम सवारीको समयतालिका पाउनेछन्।

साथै अप्रिलदेखि सेप्टेम्बरसम्म ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताका लागि ६० प्रतिशतसम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथी र नातागोतालाई च्याटबटमा पठाउँदा २० प्रतिशत छुट पनि पाउनेछन्। ‘यो साझेदारीले यात्रु र चालकहरूको जीवनलाई सजिलो बनाउने ठानेका छौु’ राकुटेन भाइबरका लागि एसिया प्यासिफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने।

ट्याक्सीमाण्डू र राकुटेन भाइबर एन्ड्रोइड र आईओएसका लागि डाउनलोड गर्न सकिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *