चार रिक्त एआईजीमा बढुवा सिफारिस

डिसी नेपाल
१३ चैत २०७९ ११:५३

काठमाडौं। नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ।

बढुवा सिफारिसको सोमबार बसेको बैठकले  सुदीप गिरी,  मीरा चौधरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ।

यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *