अर्बपति व्यापारी ज्याक मा लामो समयपछि चीन फर्किए

डिसी नेपाल
१३ चैत २०७९ १६:२९
16.0k
Shares

काठमाडौं । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा थिए । यो पत्रिका ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ।

५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए। त्यसयता उनी विरलै सार्वजनिक रुपमा देखा परेका छन् ।

ज्याक मा प्राविधिक उद्यमीहरू विरुद्धको अभियान पछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अरबपति थिए।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उनी केही समय हङकङमा बसे जहाँ उनले साथीहरूसँग भेट गरे। उनी अन्तर्राष्ट्रिय कला मेलामा पनि गए ।

ज्याक मा कृषि प्रविधिका बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरेको तर पछिल्ला वर्षहरुमा उनी किन सर्वसाधारणको नजरबाट टाढा रहे भन्ने जानकारी भने अखबारले दिएको छैन ।

ज्याक मा कुनै समय चीनका सबैभन्दा धनी व्यक्ति थिए । यस वर्ष जनवरीमा, उनले टेक जाइन्ट एन्ट समूहको नियन्त्रण त्यागे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *