अमेरिकाको विद्यालयमा गोली हानाहान, ३ बालबालिकासहित ६ जनाको मृत्यु
काठमाडौँ। अमेरिकामा गोली हानाहान हुँदा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। उक्त गोली हानाहानमा धेरै मानिसहरु गम्भीर घाइते समेत भएका छन्। र्यापिड फायरिङको यो घटना अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक निजी क्रिस्चियन विद्यालय भित्र भएको हो।
उक्त गोली हानाहान संदिग्ध २८ वर्षीया युवती अड्रे हेलले गरेकी हुन्। प्रहरीको मुठभेडमा आक्रमणकारीलाई मारेको छ। गोलीबारीपछि बालबालिकाको शवलाई स्थानीय भान्डरबिल्टको मोनरो क्यारेल जुनियर चिल्ड्रेन अस्पतालमा पठाइएको बताइएको छ।
अस्पतालका प्रवक्ता जोन हाउसरले भने कि अस्पताल पुग्ने बित्तिकै चिकित्सकले तीनै बालबालिकालाई मृत घोषणा गरेका थिए। यसबाहेक थप ४ जनाको मृत्यु भएको छ। जानकारीका अनुसार गोलीबारी भएको विद्यालयमा दुई सय बालबालिका अध्ययनरत छन्। प्रहरीका अनुसार आक्रमणकारी युवती छेउको ढोकाबाट भवनभित्र पसेकी थिइन्। अपराध गरेपछि उनी विद्यालयको दोस्रो तल्लामा पुगेकी थिइन्। यहीँ प्रहरीसँगको भिडन्तमा उनको मृत्यु भएको थियो।
सोहि समयमा, यो घटना पछि राष्ट्रपति जो बाइडेनले कांग्रेसलाई आक्रमण हतियार प्रतिबन्ध गर्न आह्वान गरेका छन्। बाइडेनले भने कि हामी यो अवस्थालाई नजिकबाट नियालिरहेका छौं। बन्दुक हिंसा रोक्न हामीले अझ धेरै काम गर्न आवश्यक छ। यस्ता घटनाले देशको आत्मा नै खलबलिरहेको छ। सो क्रममा राष्ट्रपतिले उक्त घटनामा गोली चलाउनेको नजिकै एउटा पेस्तोल र दुई एके–४७ हतियार भेटिएको बताए।







डिसी नेपाल







Facebook Comment