ट्वीटरको मूल्य २४ अर्ब डलरले घट्यो

डिसी नेपाल
१४ चैत २०७९ १०:१९
776
Shares

काठमाडौँ। सोसल मिडिया प्लेटफर्म ट्वीटरको मूल्य २४ अर्ब अमेरिकी डलरले घटेको छ।

ट्वीटरका प्रमुख एलन मस्कले ट्वीटरको मूल्य २० अर्ब डलरले घटेको बताएका हुन्। पाँच महिनाअघि मात्र ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटर अहिले आधाभन्दा कम मूल्यले घटेको उनले जनाएका हुन्।

मस्कले कर्मचारीहरूलाई पठाइएको इमेलमा सानफ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी एक्स होल्डिङ्सका कर्मचारीहरूलाई शेयर बाँडफाँड गर्ने तयारी गरिरहेकाे बेला मस्कले उक्त मूल्य उल्लेख गरेर इमेल गरेका हुन्। क्षतिपूर्ति योजना सुरू हुन लागेकाे बेला ट्वीटरको मूल्य २० अर्ब डलर तोकिएको छ।

आन्तरिक इमेलमा मस्कले ट्वीटरको मूल्यमा भएको क्रुर संकुचनको वर्णन गर्दै उनले भनेका छन, ‘ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको छ।’

मस्कले शनिबार गरेको ट्वीट अनुसार ट्वीटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *