मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति

डिसी नेपाल
१४ चैत २०७९ ११:५४
60
Shares

काठमाडौं। सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, गृह र कनून मन्त्रालयका प्रतिनिधिलाई समेटेर वार्ता समिति गठन गरेको हो।

वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा,गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामाला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

चारसदस्यीय वार्ता समितले मिटरब्याज पीडितसँग  समस्या समाधानका लागि छलफल गर्ने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले मिटर ब्याज पीडितसँग भेटवार्ता गरेर छलफल गर्ने तयारीसमेत भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *