भारतको बहुचर्चित उमेश पाल अपहरण मुद्दामा पूर्वसांसद अतिक अहमद दोषी ठहर

डिसी नेपाल
१४ चैत २०७९ १३:३८
168
Shares

काठमाडौं । भारतको बहुचर्चित उमेश पाल अपहरण प्रकरणमा प्रयागराजको सांसद-विधायक अतिक अहमदलाई अदालतले दोषी ठहर गरेको छ। अदालतको यो फैसला सन् २००६ मा उमेश पालको अपहरणको मुद्दामा आएको हो ।

उमेश पालको केही दिनअघि हत्या भएको थियो । उमेश पाल बसपा विधायक राजु पालको हत्या प्रकरणमा मुख्य साक्षी थिए। आतिक अहमदलाई यो हत्याको आरोप थियो। यससँगै उमेशको अपहरणको आरोप अतिक अहमद र उनका सहयोगीमाथि पनि लागेको थियो ।

अतीकलाई अदालतमा हाजिर गर्न ल्याइएका केही भिडियोमा मानिसहरूले अतीकको मृत्युको लागि नारा लगाएको सुनिन्छ। सुप्रीम कोर्टले जेलमा रहेका पूर्व सांसद र गुण्डानाइके अतीक अहमदको याचिका खारेज गरेको छ, जसमा उनले उत्तर प्रदेश पुलिसको हिरासतमा सुरक्षा माग गरेका थिए।

मंगलबार सर्वोच्च अदालतले अतिक अहमदको याचिका खारेज गर्‍यो। न्यायाधीश अजय रस्तोगीको अध्यक्षतामा रहेको दुई सदस्यीय इजलासले यस्तो निर्णय गरेको हो । अतिक अहमदले उत्तर प्रदेश प्रहरीको हिरासतमा आफ्नो ज्यान खतरामा रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उमेश पाल हत्या प्रकरणमा अतिक अहमदलाई उत्तर प्रदेश ल्याइएको छ । अतिक अहमदले आफ्नो याचिकामा सर्वोच्च अदालतले उत्तर प्रदेश प्रहरीलाई आफ्नो जीवनको सुरक्षाका लागि आदेश दिनुपर्ने माग गरेका थिए। सर्वोच्च अदालतले राज्य संयन्त्रले उनको हेरचाह गर्ने बताएको छ ।

अतिक अहमद उत्तर प्रदेशबाट पाँच पटक विधायक र एक पटक संसद सदस्य भइसकेका छन्। अतिक अहमदले आफ्नो याचिकामा भनेका थिए कि यूपी पुलिसले अहमदाबादमा नै आएर सोधपुछ गर्नुपर्छ।

सन् २००५ मा भएको हत्या घटनाका मुख्य साक्षी उमेश पालको २०२३ फेब्रुअरी २४ मा दिउँसो हत्या भएको थियो । घटनापछि हत्याराहरु घटनास्थलबाट भाग्न सफल भएका छन् । प्रयागराज प्रहरीले सीसीटीभी फुटेज जाँच गरेपछि पूर्व सांसद तथा बाहुबली अतीक अहमदका छोरा असद, ‘बमबाज’ गुड्डू मुस्लिम, गुलाम र अरबाजको पहिचान गरेको बताएको छ।

प्रहरीका अनुसार सदाकत खान नामका व्यक्ति षड्यन्त्रकारीको रूपमा पहिचान गरिएको छ। प्रहरीले प्रयागराजमा मुठभेडका क्रममा एकजना आरोपी अरबाजलाई पक्राउ गरेको तर सोमबार गोली लागेर अरबाजको मृत्यु भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *