ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु, छोरी घाइते

डिसी नेपाल
१४ चैत २०७९ १६:३८
4.5k
Shares

ललितपुर। ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।

महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनो ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटना मृतकका ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु सवार उक्त मोटरसाइकलमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *