श्रीमानसँग बदला लिन निर्दोष छोरीहरूको निर्मम हत्या !
काठमाडौं । अमेरिकामा एक महिलाले आफ्ना पूर्व पतिसँग बदला लिन चाहेको भन्दै आफ्ना दुई छोरीको हत्या गरिन् । उनका पूर्व पति कान्छी छोरीलाई लिएर अमेरिकाको मिसौरी राज्य जान लागेका थिए, त्यसपछि ती महिलाले आफ्ना श्रीमानसँग बदला लिन १५ र ५ वर्षका दुई छोरीको गोली हानी हत्या गरिन् ।
वासिङ्टन पोस्टका अनुसार ३७ वर्षीया भेरोनिका यंगब्लडलाई आफ्ना पूर्व पतिसँग बदला लिनका लागि आफ्ना दुई छोरीको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको छ। भेरोनिकाले आफ्ना छोरी १५ वर्षीया शेरोन क्यास्ट्रो र ५ वर्षीया ब्रुकलिन यंगब्लडको अगस्ट २०१८ मा हत्या गरिन् ।
उनको तर्फबाट उनको मानसिक अवस्था ठीक नभएको भन्दै सजाय दिन नहुने बताइएको थियो । तर न्यायाधीशहरूले महिलालाई दुई हत्याको आरोप लगाए। न्यायाधीशहरूले उनलाई हतियारको प्रयोगको दुईवटा मुद्दामा पनि दोषी पाए।
भेरोनिकाको मुद्दाको सुनुवाइ दुई हप्तासम्म चल्यो र फेयरफ्याक्स काउन्टीका न्यायाधीश र्यान्डी बेलोजको अध्यक्षतामा भएको थियो। सुनुवाइका क्रममा मानसिक स्वास्थ्य चिकित्सक, भेरोनिकाकी बहिनी, पूर्व पति र पूर्व प्रेमीले बयान दिएका थिए । अभियोजकहरूले भेरोनिकालाई दुर्भावनापूर्ण, स्वार्थी र पूर्वनियोजित हत्याराको रूपमा वर्णन गरे।
भेरोनिका आफ्नै परिवारबाट शारीरिक र यौन दुर्व्यवहारको शिकार भएको बचाउ पक्षका वकिलहरूले दावी गरे । उनी पहिले यौनकर्मी थिइन् ।
भर्जिनियामा रहेको आफ्नो अपार्टमेन्टमा भेरोनिकाले आफ्ना छोरीहरूलाई गोली हान्नुअघि निद्राको चक्की खुवाइन् ताकि उनीहरू चुपचाप सुतून् र गोली लागेपछि कराउन नपरोस्। उनले कान्छी छोरी ब्रुकलिनको टाउकोमा गोली हानिन् जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
भेरोनिकाले आफ्नी जेठी छोरी शेरोनलाई दुई पटक गोली हानेकी थिइन् – एउटा पछाडि र अर्को छातीमा। दुई पटक गोली हानेपछि पनि शेरोनले प्रहरीलाई फोन गरेर आमाले गोली हानेको बताएकी थिइन् । प्रहरीले आएर बालिकालाई अस्पताल पुर्यायो तर बचाउन सकेन ।







डिसी नेपाल







Facebook Comment