मेटल डिटेक्टर लिएर घुमिरहेका एक व्यक्तिले करोडौंको सुन भेट्टाए
काठमाडौं । कल्पना गर्नुहोस् कि तपाईं कुनै विशेष योजना बिना साधारण मेटल डिटेक्टरको साथ घुम्दै हुनुहुन्छ। त्यसबाट अचानक बिप-बिपको आवाज सुन्नुहुनेछ र यो आवाज कहाँबाट आउँदैछ अलिकति खोजी गरेपछि करिब साढे दुई किलो सुन भेटिन्छ।
मूल्य – करिब २ करोड रुपैयाँ । तपाईको यो सोच अब अस्ट्रेलियाका एक पुरुषको वास्तविकता हो।
अष्ट्रेलियाका यी व्यक्तिले भिक्टोरियाको गोल्ड फिल्डमा यो सुन प्राप्त गरेका छन् । यो ठाउँमा सन् १८०० मा सुनको खजाना थियो।
नाम न छाप्ने सर्तमा ती व्यक्तिले करिब साढे चार किलोको ढुङ्गामा यो सुन पाएको बताए ।
यो सुनको ढुङ्गा किन्ने ह्यारेन क्याम्पले विगत ४३ वर्षमा यस्तो केही नदेखेको बताए ।
क्याम्पले बीबीसीलाई भने, ‘म छक्क परें । यस्तो घटना जीवनमा एकपटक मात्रै हुन्छ ।’
क्याम्पले भने, ‘मेरो पसलमा सुन जस्तो देखिने ढुङ्गा लिएर आउने गर्थे । तर त्यो व्यक्ति आएर जाँच गर्दा करिब साढे दुई किलो सुन भेटे ।’
जुन व्यक्तिले यो सुन पाए, जब उनलाई यसको मूल्य बताइयो, उनले भने- श्रीमती खुसी हुनेछिन्।
अष्ट्रेलियामा यस्तो सुन पाउने घटना नगण्य छन् ।
यद्यपि एक अनुमान अनुसार अष्ट्रेलियामा विश्वमा सबैभन्दा बढी सुनको भण्डार छ।







डिसी नेपाल







Facebook Comment