गुणस्तरहीन औषधि बनाएको आरोपमा भारतका १८ औषधि कम्पनीको लाइसेन्स खारेज ?

डिसी नेपाल
१५ चैत २०७९ १३:४५
68
Shares

काठमाडौं । गुणस्तरहीन औषधि बनाएको आरोपमा भारतको केन्द्र सरकारले धेरै औषधि कम्पनीलाई कारबाही गरेको छ । यसअन्तर्गत देशका १८ औषधि कम्पनीको लाइसेन्स खारेज गरिएको छ ।

समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। एएनआईका अनुसार भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले देशका २० राज्यका धेरै कम्पनीमा गरेको अनुसन्धानपछि केन्द्र सरकारले यो निर्णय गरेको हो ।

पछिल्ला केही महिनाहरूमा तान्जानिया, गाम्बिया र उज्वेकिस्तान जस्ता धेरै देशहरूमा कफ सिरप सेवनका कारण धेरैको मृत्यु भएपछि डीजीसीआइले यो कारबाही गरेको हो।

विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेको गुणस्तरहीन औषधिका कारण गत अगस्टदेखि अहिलेसम्म करिब ३ सय बालबालिकाको मृत्यु भएको जनाएको छ ।

सरकारले नक्कली औषधि बनाउने हिमाचल प्रदेशमा ७०, उत्तराखण्डमा ४५ र मध्य प्रदेशमा २३ वटा औषधि कम्पनीलाई कारबाही गरेको एएनआईले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *