पेरिसमा पेन्सन सुधारको विरोधमा करिब पाँच लाख प्रदर्शनकारीहरू सडकमा उत्रिए

डिसी नेपाल
१५ चैत २०७९ १४:२८
40
Shares

काठमाडौं । फ्रान्समा पेन्सन सुधारको विरोधमा जनताको आक्रोश कम हुन सकेको छैन । प्रदर्शनको दशौं दिन मंगलबार राजधानी पेरिसमा करिब साढे चार लाख मानिस सडकमा उत्रिएका छन् । तर, यो भीड अनुमानभन्दा कम रहेको बताइएको छ ।

यसअघि आजको आन्दोलनमा करिब आठ लाख मानिस सडकमा आउने दाबी गरिएको थियो । यसैबीच, सीजीटी ट्रेड युनियनका प्रमुख फिलिप मार्टिनेजले राष्ट्रपति इमानुएल म्याक्रोनलाई यस मुद्दामा वार्ता गर्न आग्रह गरेका छन्।

यस आन्दोलनमा सहभागी एक आन्दोलनकारीले सरकार र ट्रेड युनियनबीच उचित संवाद नभएको बताए । उनका अनुसार राष्ट्रपति इमानुएल म्याक्रोनले सबै निर्णय आफै लिइरहेका छन् ।

उनले भने, ‘बहुसंख्य जनता यस सुधारको विपक्षमा छन् । तिनीहरूले हाम्रो कुरा सुन्नुपर्छ।’ उनका अनुसार, “जब म्याक्रोन २०२२ मा पुन: निर्वाचित भए, उनले जनता र आफूलाई जिताउनेहरूको कुरा सुन्ने बताए। तर यो भइरहेको छैन।”

जनताले पेन्सन सुधारको विभिन्न तरिकाबाट विरोध गरिरहेका छन्। मानिसहरू हातमा प्लेकार्ड लिएर आफ्नो भनाइ राखिरहेका छन्। पेरिसमा मेरी नामकी एक प्रदर्शनकारीले प्लेकार्ड बोकेकी थिइन्, “१६-६४ मेरो बियर हो, मेरो करियर होइन।”

धेरैले आगजनी पनि गरिरहेका छन् । आन्दोलनको सामना गर्न सुरक्षाकर्मी पनि तयार छन् । सुरक्षाकर्मीहरु सडकमा उत्रिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *