ह्वाट्सएप मार्फत अनलाइन ठगी गर्ने गिरोह पक्राउ
काठमाडौँ । ह्वाट्सएप मार्फत अनलाइन ठगी गर्ने गिरोह पक्राउ परेका छन् । अनलाइन ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ काठमाडौको चण्डोल र बूढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अहिले दिउँसो महाशाखाको कार्यालयमा सार्वजनिक गरेको छ ।
महाशाखाका प्रमुख एसएसपी मनोज केसीका अनुसार टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएपछि उनीहरुलाई थप अनुसन्धान लागि पक्राउ गरिएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment