ईयूले उच्च जोखिममा रहेका मुलुकको सूचीबाट पाकिस्तानलाई हटायो !

डिसी नेपाल
१५ चैत २०७९ २०:०५
148
Shares

पाकिस्तानका वाणिज्यमन्त्री सैयद नाभिद कमरले पाकिस्तानलाई युरोपेली सङ्घ (ईयू) को उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाइएको बताएका छन् । यसको अर्थ दक्षिण एसियाली मुलुक पाकिस्तानका लागि ईयूको बजारमा निर्यात बढाउने अवसर भएको उनले बताए ।

उनले भने, “उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीबाट हटाउने निर्णय पछि, युरोपेली कानूनी र आर्थिक व्यवसायीहरूले अब पाकिस्तानी व्यवसाय र व्यक्तिहरूलाई ‘जोखिमको कारण प्रतिबन्ध’ को अधीनमा राख्ने छैनन् ।”

मन्त्री कमरले भने, “पूर्व प्रतिबन्धहरूले विगत केही वर्षहरूमा पाकिस्तानको अर्थव्यवस्था, निर्यातकहरू र व्यापारीहरूलाई क्षति पुर्‍याएको छ ।”

पाकिस्तानलाई सन् २०१८ मा युरोपेली सङ्ले कमजोर सम्पत्ति शुद्धीकरण र आतङ्कवादी वित्तपोषण प्रणालीका कारण यसको उच्च जोखिममा रहेका तेस्रो मुलुकहरूको सूचीमा समावेश गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *