श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएको भन्दै इन्धनको मूल्य घटाइयो

डिसी नेपाल
१६ चैत २०७९ ९:४५
336
Shares

काठमाडौँ। चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलङ्काले आफनो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ।

आर्थिक स्थीति क्रमश नियन्त्रणका साथै सुधार हुदैँ गएकाे जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहिवार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी छिन्।

मन्त्री विजेसेकराका अनुसार मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० ले घटनेछ भने जसअनुसार उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउनेछन्।

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएकी छिन्।

साथै अमेरिकी डलरको  तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ। गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *