म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त, अमेरिकाले निन्दा गर्यो
काठमाडौं । अमेरिकाले म्यानमारका ४० राजनीतिक दलको वैधानिकता समाप्त गरेकोमा म्यानमारको सैनिक सरकारको निन्दा गरेको छ । यी दलहरूमा नोबेल शान्ति पुरस्कार पाएकी आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी पनि परेको छ ।
म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले गत मंगलबार नेसनल लिग फर डेमोक्रेसीलाई सेनाको चुनावी कानून अन्तर्गत पुन: दर्ता गर्न असफल भएको भन्दै भंग गर्ने घोषणा गरेको एएफपीले जनाएको छ।
अमेरिकी विदेश विभागका प्रवक्ता वेदान्त पटेलले भने, “हामी बर्माको सेनाले नेशनल लिग फर डेमोक्रेसी सहित ४० राजनीतिक दल भंग गर्ने निर्णयको कडा शब्दमा निन्दा गर्दछौं।”
सन् २०२१ मा सुकी सरकारलाई अपदस्थ गरेपछि अहिले सैन्य शक्ति पहिलो पटक चुनावतर्फ अघि बढिरहेको छ । सैन्य शक्तिका आलोचकहरूका अनुसार यी चुनावको उद्देश्य सेनाको शक्ति बढाउनु हो ।
यी चुनावहरूमा, अमेरिकाले भनेको छ, “बर्मामा कुनै पनि चुनाव सबै सरोकारवालाहरूको सहभागिता बिना स्वतन्त्र वा निष्पक्ष मानिने छैन। र सैन्य शासनको व्यापक विरोधलाई ध्यानमा राख्दै, चुनाव गराउने एकपक्षीय निर्णयले अस्थिरता बढाउने सम्भावना छ।
म्यानमारको आलोचना गर्दा अमेरिकाले उसको पुरानो नाम बर्मा प्रयोग गरेको छ।







डिसी नेपाल







Facebook Comment