‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउछः विष्णु पौडेल

डिसी नेपाल
१६ चैत २०७९ २२:०३
60
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउने बताएका छन्।

महेन्द्रनगरमा आज एमाले कञ्चनपुरले आयोजना गरेको मिसन ग्रासरुटको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा उनले यो अभियानले एमाले बलियो बन्ने बताएका हुन्।

“यो अभियानबाट वडास्तरदेखी जिल्ला स्तरसम्मका कमिटीहरु व्यवस्थीत हुन्छन्”, नेता पौडेलले भने, “कमिटीहरु पुनःगठन गर्नुपर्ने, अन्तरविरोध व्यवस्थित गर्नुपर्ने सबै काम हुन्छ, यसले पार्टीलाई बलियो बनाउछ।”

एमालेका सबै कमिटी जनतासँग जोडिएर काम गर्ने उनको भनाइ थियो। उनले पार्टीमा गुट उपगुट नबनाउन नेता कार्यकर्तालाई आग्रह गरे।

“पार्टीभित्र गुट निर्माणमा कसैले पनि लाग्नुहुँदैन, गुटले पार्टी बलियो हुन सक्दैन”, उनले भने, “पार्टी बलियो बनाउन सबैले आआफ्नो स्थानबाट लाग्न जरुरी छ।” पार्टीभित्रको द्वन्द्वले एमालेलाई ठूलो घाटा गरेको बताउँदै उनले अन्तरविरोधलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.