माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु

डिसी नेपाल
१७ चैत २०७९ १०:४२
1.9k
Shares

काठमाडाै‌ं। सुर्खेत र गाेरखामा भएका दुई छुट्टाछुट्टै माेटरसाइकल दुर्घटना दुईजनाकाे मृत्यु भएकाे छ। सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन्।

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो। घाईते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो।

घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का  २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाईकल  अनियन्त्रित भई पल्टीएको थियो। मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का २३ वर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन्।  घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *