प्रिमियम आईपीटिभी र डिसहोमको आईटिभीमा आइपिएल क्रिकेट २०२३ एचडी गुणस्तर हेर्न सकिने
काठमाडौँ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिस मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको डिस मिडिया जनाएको छ ।
नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकल आधारित भएको कारण यो आइपी टिभीमा लोकप्रिय Cricket Tournament IPL HD क्वालिटीमा हेर्न सकिने डिस मिडियाले जनाएको छ । यस्तै अन्तराष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने जनाएको छ ।
लाइभ टिभीमा दैनिक विभिन्न स्पोर्टस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा विशेष सिरियल भाग्य सिँदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको Shorts TV, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिस होमका विशेष च्यानलहरु लगायत २०० भन्दा वढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा बढी विभिन्न Contentहरु, Video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok,लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध डिस मिडिया जनाएको छ ।
Internet Protocol (IP) Network मार्फत Television सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनको लागि Internet connection हुन जरुरी रहेको बताइएको छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर Internet connection जडान गर्नु भई नेपालको पहिलो प्रिमियम आईपी टिभी DH Fibernet मा Exclusive, Premium, HD TV Channel हरुको मनोरञ्जन लिन सकिने व्यवस्था जनाएको छ ।
हाम्रो ग्राहकहरुले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment