टाटासुमो दुर्घटना हुँदा दुईको निधन, एघार घाइते

डिसी नेपाल
१७ चैत २०७९ २१:४७
596
Shares

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा निधन भएको छ भने एघार जना घाइते भएका छन् ।

बेतिनीबाट यात्रु लिएर काठमाडौँ जान लागेको सुमो आज अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाडौँ जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करीब ३०० मिटर तल खस्दा चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाडौँ पठाइएको जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *