ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसका छन् ?
काठमाडौं । के तपाईलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसका छन् ? ट्विटरका मालिक एलन मस्कका अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् ।
एलन मस्कको ट्विटरमा १३३.१ मिलियन फलोअर्स छन् । नयाँ फलोअर्स बढेका कारण एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पारेका छन् ।
समाचार लेख्दासम्म बाराक ओबामाको ट्वीटरमा १३३ मिलियन फलोअर्स थिए ।
एलन मस्कले गत वर्ष अक्टोबर महिनामा ट्विटर किनेका थिए, त्यसपछि ट्विटरमा धेरै परिवर्तनहरू देखिएका छन्।
जसमा सीईओ पराग अग्रवाल लगायत हजारौं व्यक्तिलाई बर्खास्त गर्नेदेखि लिएर ‘ब्लु टिक’ नामक एकाउन्ट स्टेटस दिने गरी पैसा लिने जस्ता नियमहरू समावेश छन्।
अब ट्विटरको ब्लु टिक प्राप्त गर्न प्रयोगकर्ताले प्रति महिना करिब १००० देखि १५०० रुपैयाँ तिर्नुपर्नेछ।







डिसी नेपाल







Facebook Comment