वकिलले भने, ट्रम्प हथकडी लगाएर अदालत जाने छैनन्

डिसी नेपाल
१८ चैत २०७९ १०:५६
164
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि पोर्न स्टारलाई पैसा दिएको आरोपमा औपचारिक रूपमा अभियोग लगाइने भएको छ ।

बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै अदालतका प्रवक्ताले भने कि डोनाल्ड ट्रम्पलाई अप्रिल ४ मा दिउँसो अदालतमा सुनुवाइ हुनेछ।

केही समयअघि ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोष्ट गर्दै आफूलाई फसाउनको लागि यो केस गरिएको लेखेका थिए । उनले मुद्दाको जिम्मा पाएका न्यायाधीशलाई पनि निशाना बनाए।

अमेरिकी राष्ट्रपतिका प्रेस सचिवले भने कि मिडिया रिपोर्टहरू मार्फत राष्ट्रपति जो बाइडेनलाई थाहा भयो कि डोनाल्ड ट्रम्प विरुद्ध आधिकारिक रूपमा आरोप लगाइनेछ।

यस विषयमा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले भनिन् कि कोही पनि कानून भन्दा माथि छैन र यो पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमा पनि लागू हुन्छ।

पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्पको अभियोगमा असन्तुष्टि व्यक्त गर्दै मुद्दाको नेतृत्व गरिरहेका म्यानहट्टनका वकिल राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्।देश टुक्र्याउने काम हुने उनको भनाइ छ ।

डोनाल्ड ट्रम्पका वकिलले भने कि जब उनी अर्को हप्ता न्यूयोर्कको अदालतमा हाजिर हुन्छन्, उनलाई हथकडी लगाइने छैन।

स्टर्मी डेनियलले सन् २००६ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अफेयर भएको बताइन् । उनले सन् २०१६ मा ट्रम्पका वकिल माइकल कोहेनले चुप बस्न १ लाख ३० हजार डलर दिएको बताइन् ।

यो गैरकानूनी होइन, तर ट्रम्पले आफ्नो खातामा यो भुक्तानी कसरी देखाएका छन् भन्ने कुराले ट्रम्पलाई समस्यामा पारेको छ। ट्रम्पले कानुनी शुल्कको रूपमा आफ्नो व्यापार रेकर्डमा यो भुक्तानी गलत रूपमा प्रस्तुत गरेको आरोप लगाइएको छ।

अब त्यहाँ ट्रायल हुनेछ, जहाँ ट्रम्पले आफ्नो मुद्दा प्रस्तुत गर्नेछन्। उनले कुनै गल्ती नगरेको बताए । यदि उन यस मामिलामा दोषी पाइएमा जेल पनि जान सक्नेछन् ।

जहाँसम्म चुनावी अभियानको कुरा छ । अमेरिकी संविधानअनुसार उनले आरोप लागे पनि चुनावी अभियान जारी राख्न सक्छन् । उनले सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने कुरा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *