दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

डिसी नेपाल
१८ चैत २०७९ १६:३२
5.0k
Shares

दमौली। तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेँसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।

दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन्। दुवैको उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *