अब कांग्रेसमा फर्किन्नः स्वर्णिम वाग्ले
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन्।
रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन्।
‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्न। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने।
यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment