रवि लामिछानेले भने- रास्वपा मुलुकको धर्तिपूत्र अटाउने ठाँउ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी आगामी बैंशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने चितवन २ मा पार्टी सभापति रवि लामिछाने, बारा २ मा रमेश खरेल र तनहुँ १ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले आफ्नो पार्टीले मुलुकको धर्तिपूत्र अटाउने ठाँउ बनाएको बताए।
देशले पहिचान गर्न बिर्सेका व्यक्तिहरु बाध्य भएर बिदेशिन बाध्य भएको भन्दै उनले पार्टीले मुलुकलाई सेवा गर्नेहरुलाई स्थान दिने धारणा राखे। लामिछानेले पार्टीले अघि सारेका आफुसहित तीनै जना जनताबाट अनुमोदिन भएर गर्वका साथ संसदमा उभिने दावी गरे।
उनले निर्वाचनमा कुनै दलसंग साँठगाँठ गरेर नभइ पार्टीको नीति योजनाका आधारमा एक्लै निर्वाचन लड्ने स्पष्ट पारे। लामिछानेले सरकारको न्युनतम साझा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश बुँदाहरु समावेश गर्न सफल भएको जिकिर गरे।
उनले सरकारमा सहभागी हुँदा कसको नेतृत्व भन्दा पनि कस्तो नीति छ भन्नेमा नै ध्यान केन्द्रीत रहने बताए। लामिछानेले उपनिर्वाचन अघि सरकारमा जाने योजना नभएको भन्दै त्यसपछि समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्ने निर्णय लिइने उल्लेख गरे।
पत्रकार सम्मेलनमा वाग्लेले छोटो अवधिमा नेपाल बनाउने अभियानमा आफू होमिएको भन्दै पछाडी फर्कने अवस्था नरहेको बताए। त्यस्तै खरेलले देशमा सुशासन नभएसम्म मुलुक अघि बढ्न नसक्ने भन्दै एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्ने धारणा राखे।







डिसी नेपाल







Facebook Comment