जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

डिसी नेपाल
१९ चैत २०७९ ११:५३
332
Shares

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ बाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। नगरपालिका-६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ परेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *