नवजोत सिंह सिद्धु जेलबाट छुटे
काठमाडौं । नवजोत सिंह सिद्धु पटियाला जेलबाट रिहा भएका छन् । रोड रेजको मुद्दामा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाइएको थियो ।
तर दश महिना जेल बसेपछि उनी रिहा भएका छन् । सिद्धुले हिजो ट्विट गर्दै शनिबार रिहा हुन सक्ने बताएका थिए ।
गत वर्ष सर्वोच्च अदालतले सन् १९८८ को रोड रेज मुद्दामा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो । यसपछि सिद्धुले आत्मसमर्पण गरेका थिए ।
सिद्धुको रिहाइको बारेमा उनका वकिल एपीएस वर्माले भने कि पञ्जाब जेलको नियम अनुसार राम्रो व्यवहार गर्ने कैदीलाई सजायबाट छुट दिन सकिन्छ।
सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप छ।
आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको हो ।
यस मामिलामा तल्लो अदालतले नवजोत सिद्धुलाई सफाइ दिएपछि पीडित परिवारले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिएका थिए।
नवजोत सिद्धुलाई उच्च अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो ।
यसपछि सिद्धुले उच्च अदालतको यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए । १५ मे, २०१८ मा, सर्वोच्च अदालतले उच्च अदालतको यो निर्णयलाई उल्टाएको थियो।
तर, मे २०१८ मा पीडितका आफन्तले सर्वोच्च अदालतको फैसलाविरुद्ध रिभ्यु पिटिशन दायर गरेका थिए ।
यो सुन्दै सर्वोच्च अदालतले १९ मे २०२२ मा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो । यससँगै एक हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment