बारा- २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय

डिसी नेपाल
१९ चैत २०७९ १२:५७
388
Shares

काठमाडौं। नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा बारामा जसपाको उम्मेदवारलाई सघाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

त्यस्तै बैठकले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचन भन्दा पहिले स्वतन्त्र उम्मेदवार भई पार्टीको अनुशासन उलंघन गरेका नेताहरुको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्रता हुने गरि कारवाही फुकुवा गर्ने निर्णय गरेको छ भने २०७९ को निर्वाचनको हकमा भने उपचुनावमा खेल्ने भूमिकालाई हेरेर निर्णय गर्ने निर्णय भएको पाण्डेले बताए।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गरेको छ। त्यस्तै बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ। अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालन सम्बन्धी निर्देशीका र नियमावलीलाई सुझाव सहित पारित गर्ने निर्णय भएको पाण्डेले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.