तिब्बती शरणार्थीलाई नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन काठमाडौंका नासु पक्राउ

डिसी नेपाल
१९ चैत २०७९ २२:१६
88
Shares

काठमाडौं। तिब्बती शरणार्थीलाई नागरिकता दिएको आरोपमा सरकारी कर्मचारी पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा कार्यरत नायव सुब्बालाई पक्राउ गरिएको उपत्यका अपराध महाशाखाले जनाएको छ।

आर्थिक चलखेलका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायब सुब्बा देवराज गौतम पक्राउ परेको महाशाखाले जनाकारी दिएको हो।

गौतम लामो समयदेखि जिल्ला प्रशासनको नागरिकता फाँटमा कार्यरत थिए। उनले सयौँ तिब्बतीलाई फर्जी कागजपत्रका आधारमा नागरिकता दिन सहयोग गरेको आरोप छ।

महाशाखाले यसअघि सो घटनामा संलग्न चारजनालाई यसअघि पक्राउ गरिसकेको छ। लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, हिरालाल शिवाकोटी, नक्कली बाबु बनेका न्युल्केश श्रेष्ठ र तनहुँको शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेलाई ५ चैतमा पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *