वृद्ध हत्याकाे आरोपमा रामेछापमा ४ जना पक्राउ

डिसी नेपाल
२१ चैत २०७९ ९:१४
116
Shares

रामेछाप।  एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो।

थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो।

गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो। पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *