वीरगञ्जस्थित प्रादेशिक कार्यालय परिसरमा फोहोर फालेको घटनाप्रति टेलिकमको खेद प्रकट

डिसी नेपाल
२१ चैत २०७९ २१:२८
132
Shares

काठमाडौं। नेपाल टेलिकमको वीरगञ्जस्थित प्रादेशिक निर्देशनालय मधेश प्रदेशको कार्यालय परिसरमा फोहोर फालेको घटनाका सम्बन्धमा नेपाल टेलिकमले खेद प्रकट गरेको छ।

प्रादेशिक निर्देशनालयको कम्पाउण्ड भित्र चैत २१ गते गते बिहान ९ः१५ बजे अचानक १५/२० जना अनिाधिकृत व्यक्तिहरुको समूहले प्रादेशिक निर्देशनालयको मूल ढोकाका गार्डहरुलाई धम्क्याइ कार्यालयको कम्पाउण्डभित्र ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फोहोर फालेर वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएको टेलिकमले जनाएको छ।

उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै कम्पनी भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन टेलिकमले ध्यानाकर्षण गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *