अवैध लागुऔषधसहित ८ जना पक्राउ

डिसी नेपाल
२३ चैत २०७९ १२:३४
120
Shares

काठमाडौँ। अवैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो।

यसैगरि, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन्। करिब ४ ग्राम ब्राउनसुगर सहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक विक समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *