कोशी प्रदेशका सांसदमाथि दुर्व्यवहार गर्ने ‘पहिचानवादी’ चार युवाको रिहाई

डिसी नेपाल
२६ चैत २०७९ ८:२९
228
Shares

खोटाङ। प्रदेश सांसदलाई दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन्।

कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई दुर्व्यवहारको कोशिश गरेकाे आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले छाडिदिएको हो।

जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभा चलिरहेको बखतमा सप्तमणि राई, सुनिल चाम्लिङ, युगसन किरात, डार्विन चाम्लिङले सांसद राईलाई लक्षित गरेर नाराबाजी तथा कालो झन्डा देखाएका छन्। सदरमुकाम दिक्तेलमा आयोजित सभामा सांसद राईलाई लक्षित गरेर दुर्व्यवहार गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मन्जिल मुकारूङले कोशी प्रदेश नामाकरणमा सहमति जनाएको भन्दै सांसद राईको बिरुद्धमा नाराबाजी र कालो झन्डा देखाएका कारण पक्राउ परेका चारैजनालाई छाडि सकिएको बताए।

प्रदेश १ लाई कोशी प्रदेशमा नामकारण गरेको भन्दै पुर्वी पहाडी जिल्लामा पहिचानवादी आन्दोलनकारीहरुले सो प्रदेशका सांसद देखी मन्त्रीहरु बिरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *