आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार

डिसी नेपाल
२६ चैत २०७९ १३:४६
904
Shares

काठमाडौँ। आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन्।

सोमबार कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा शनिबार उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन्। आतबार बिहानै उनले सामाजिक सञ्जालमार्फत आफू भारतको नयाँ दिल्लीमा रहेको जानकारी साझा गरेका छन्।

सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागेका हुन्। गत चैत्र ३ गते उनका भिनाजु कैलालीस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

मृत भिनाजुले आफूलाई मर्न बाध्य पारेको भन्दै उदिपसहित उदिपकी श्रीमती सीमा नेपाली, उनको दाइको छोरा मन नेपाली र मृतककी श्रीमती खिरु नेपाली र डिभिजन वन कार्यालय भजनीमा कार्यरत भिमे भन्ने भीम बिकको नाम लेखेर छाडेको सुसाइड नोट प्रहरीले फेला पारेको थियो।

कैलालीको भजनीस्थित ईलाका प्रहरी कार्यलयमा अभियुक्तहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको छ  भने हालसम्म दुईजना आरोपी पक्राउ परेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *